फियनले गर्‍यो युवा र महिलाका लागी प्रशिक्षण

Byadmin

फियनले गर्‍यो युवा र महिलाका लागी प्रशिक्षण

फियनले गर्‍यो युवा र महिलाका लागी प्रशिक्षण

प्रकाशित समय: शनिवार, ११ : ०१ बजे श्रावण २५ गते
फियनले गर्‍यो युवा र महिलाका लागी प्रशिक्षण

 काठमाडौ- नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) ले युवा र महिला सदस्यहरुकालागी छुट्टाछुट्टै दुई दिने क्षमता अभिवृद्धि प्रशिक्षण सम्पन्न गरेका छन् ।

प्रशिक्षण कार्यक्रमको उदघाटन गर्नु हुदै फियनका अध्यक्ष पदमराज रेग्मिले युनियनमा युवा र महिलाको उपस्थिति वृद्धि गर्न युवा महिला नेतृत्वलाई सशक्तीकरण गर्नु पर्ने भएकोले प्रशिक्षण कार्यक्रम आयोजना गरेको बताउनु भयो ।

युवा प्रशिक्षण कार्यक्रममा ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य बलदेव तामाङ,फियनका अध्यक्ष पदमराज रेग्मी,फियन निवर्तमान महासचिव लक्षमण अधिकारी, मानव अधिकार आयोगका पुर्व निर्देशक सुवर्ण कर्माचार्यले ३१ जना युवाहरुलाई प्रशिक्षण दिनु भएको थियो ।

यसैगरी महिला प्रशिक्षण कार्यक्रममा फियनका बन्दना शर्मा,राष्ट्र बैंकका कार्यकारी निर्देशक सरिता अधिकारी ,मानव अधिकार आयोगका कल्पना नेपाल र नेपाल टेलिभिजनका निर्देशक आरती चटौतले प्रशिक्षण दिनु भएको थियो ।

About the author

admin administrator

Leave a Reply